Logo

Oct 28 2026 | २०८३, कात्तिक १२गते

  • बुधबार, कात्तिक १२ २०८३

यस वर्षको दशैँको टीकाको साइत बिहान १०ः२६ बजे


सारांश

यस वर्षको दशैँको टीकाको  साइत बिहान १०ः२६ बजे
images

काठमाडौं । यस वर्षको बडादशैँको टीकाको उत्तम साइत बिहान १०ः२६ बजे तय गरिएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको दशैँको शुभसाइतअनुसार विजया दशमी तथा देवी विसर्जन कात्तिक ३ गते मंगलबार परेको छ। सोही दिन बिहान १०ः२६ बजे टीका लगाउने साइत निर्धारण गरिएको समितिले जनाएको छ।

यस वर्ष घटस्थापना असोज २५ गते आइतबार बिहान ११ः४७ बजे हुनेछ। यस्तै, फूलपाती असोज ३१ गते शनिबार बिहान ७ः३७ बजे, महाष्टमी कात्तिक १ गते आइतबार बिहान १०ः३९ बजे र महानवमी कात्तिक २ गते सोमबार परेको छ।

समितिका अनुसार विजया दशमीका दिन पश्चिम मोहडा फर्केर टीका लगाइदिनुपर्नेछ। टीका ग्रहण गर्नेले भने पूर्वतर्फ फर्किनुपर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij