सारांश
काठमाडौं । जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन् ।
मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू सिंहदरबार छिरेका हुन् ।
उनीहरू गेट तोडेर सिंहदरबार प्रवेश गरेका हुन् ।
प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगो लगाएका छन् ।
आक्रोशित प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा मंगलबार दिउँसो आगो लगाइदिएका हुन् ।