Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

गगन-विश्वको अपिल : २०७२ को संविधान भित्रै रहेर निकास खोजौँ


सारांश

गगन-विश्वको अपिल : २०७२ को संविधान भित्रै रहेर निकास खोजौँ
images

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले २०७२ को संविधान भित्रै रहेर, संयमता अपनाएर निकास खोज्न लागिपर्ने बताएका छन् ।

महामन्त्रीद्वयद्वारा मंगलबार जारी संयुक्त विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेका छन्। विज्ञप्तिमा भदौ २३ र २४ गतेका घटनापछि मुलुकलाई शान्ति र पुनर्निर्माणतर्फ लैजान सबै पक्षले संयमित र एकताबद्ध भएर अघि बढ्नुपर्ने उल्लेख गरिएको छ।

उनीहरूले राष्ट्रपतिले अघि सारेको संवाद पहलको स्वागत गर्दै सबै पक्षसँग छलफल गरेर मात्र समाधान खोज्नुपर्नेमा जोड दिएको छ। संविधानको बाटोबाट बाहिर नजान र नयाँ राजनीतिक संरचना बनाउनुपर्ने अवस्थामा पनि वैधानिक उपाय अवलम्बन गर्नुपर्ने पार्टीको धारणा रहेको बताएका छन्।  

सोमबारको प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको भन्दै उनीहरूले गम्भीर अपराधका घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाहीमा ल्याउन माग गरेका छन्। यस्तै, शान्तिपूर्ण प्रदर्शनलाई हिंसा र आगजनीतर्फ मोड्ने नियतवश घुसपैठ गर्ने समूहहरूको कठोर निन्दा गर्दै सार्वजनिक सम्पत्तिको क्षतिको छानबिन र पुनर्निर्माणको योजना तत्काल बनाउन आग्रह गरिएको छ।

उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरू माथि भएको आक्रमणप्रति पनि दुःख प्रकट गर्दै निन्दा गरेका छन्।  

यस्तो छ विज्ञप्ति 

27b5618e-d28d-4fb9-bc2e-b556488bc3ab_52J9Ye8kWF.jpg
undefined

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij