सारांश
काठमाडौं । एमाले नेता टोपबहादुर रायमाझी, बेचन झासहित तीन हजार बढी कैदी बाहिरिएका छन् ।
सुन्धारा कारागारबाट मंगलबार बेलुकातिर उनीहरु बाहिरिएको जेलर कृष्ण कटवालले जानकारी दिए ।
उनका अनुसार जेलको गेटमा आएर प्रदर्शनकारीले प्रदर्शन गर्दै गेट खोलिदिएपछि सबै बाहिरिएका थिए ।
त्यस कारागारमा करिब ३८ सय कैदी थिए ।