सारांश
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुरक्षार्थ शिवपुरीस्थित सैनिक तालिम केन्द्रमा राखिएको छ।
ओलीले बुधबार जेन–जीका नाममा पत्र जारी गर्दै आफू शिवपुरीको एकान्त सुरक्षा घेराभित्र रहेको पुष्टि गरेका छन्।
ओलीको तर्फबाट प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले एउटा वक्तव्य सामाजिक सञ्जालमा राखेका छन्।
सामाजिक संजालमा केही व्यक्तिले ओली भागेर दुबई पुगेको हल्ला चलाएका थिए।
