Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

‘जेनजी’का दुई समूहबीच झडप


सारांश

‘जेनजी’का दुई समूहबीच झडप
images

काठमाडौं । ‘जेनजी’का दुई समूहबीच झडप भएको छ ।

काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयअगाडि भेला भएका उनीहरूबीच झडप भएको हो ।

जेनजीको एक समूहले अन्तरिम सरकारको प्रमुखमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरेको थियो । अर्को समूहले जेनजी पुस्ताबाट नै नेतृत्वका निम्ति तयार हुनुपर्नेमा जोड दिइरहेको छ । अर्को एउटा समूह भने धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको पक्षमा छ ।

त्यही विवादबीच झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij