Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

शीतल निवासमा सघन छलफल: अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीलाई दिने सहमति


सारांश

शीतल निवासमा सघन छलफल: अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीलाई दिने सहमति
images

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा बिहीबार शीतल निवासमा बसेको बैठकले अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने सहमति गरेको छ।

यसअघि जेन–जी समूहको तर्फबाट पनि कार्कीको नाम सिफारिस गरिएको थियो। छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, कानुनविद् ओमप्रकाश अर्यालसहित कार्की स्वयं सहभागी रहेकी थिइन्।

जेन–जी र बालेन पक्षले संसद् विघटन र नयाँ निर्वाचनको प्रस्ताव राखेका थिए। तर, राष्ट्रपति पौडेल, कांग्रेस, एमाले र सभामुख देवराज घिमिरेले संसद विघटन अस्वीकार गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij