सारांश
काठमाडौं । अन्तरिम सरकार गठन गर्न बिहान ९ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाइएको वार्ता दिउँसो दुई बजेका लागि सरेको छ ।
राष्ट्रपति कार्यालय स्रोतले आन्तरिक तयारीका लागि भन्दै दुई बजेलाई सारिएको जानकारी दिएको छ ।
शीतल निवास क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।