सारांश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा सुशीला कार्कीलाई नियुक्त गरेका छन् ।
उनको सचिवालयले दिएको जानकारीअनुसार अहिले ९ बजे कार्कीको शपथ हुँदैछ ।
कार्कीले पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी थिइन् ।
प्रधानन्याधीशबाट अवकाशको करिब आठ वर्षपछि कार्यपालिकाको नेतृत्व गर्ने पहिलो महिला सरकार प्रमुखको इतिहास पनि रचेकी हुन् ।