Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

प्रधानमन्त्री कार्की घाइतेलाई भेट्न सिभिल र ट्रमा सेन्टरमा


सारांश

प्रधानमन्त्री कार्की घाइतेलाई भेट्न सिभिल र ट्रमा सेन्टरमा
images

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई भेटेकी छन् ।

शनिबार काठमाडौंको मीन भवनमा रहेको सिभिल अस्पताल र सुन्धारामा रहेको वीर अस्पतालको ट्रमा सेन्टर पुगेर भेटेकी हुन् ।

शुक्रबार मात्रै प्रधानमन्त्रीमा शपथ लिएकी कार्कीले औपचारिक रूपमा पदभार ग्रहण गर्नुअघि नै घाइतेहरूलाई भेट्न अस्पताल पुगेकी हुन् ।

प्रधानमन्त्री कार्कीले अस्पतालमा उपचाररत घाइतेहरूसँग व्यक्तिगत रूपमा कुराकानी गर्दै उपचारको अवस्थाबारे जानकारी लिएकी थिइन् ।

उनले सम्बन्धित चिकित्सकहरूसँग घाइतेहरूको स्वास्थ्य स्थिति, उपचारको प्रगति, र आवश्यक सहयोगका विषयमा छलफल गरेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij