सारांश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि नख्खु कारागार फर्किएका छन्।
भदौ २४ गते जेनजी प्रदर्शनका बेला सुरक्षाको कारण देखाउँदै कारागार बाहिर निस्किएका उनी शनिबार जन्मदिनका दिन सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै स्वेच्छाले कारागार फर्किने घोषणा गरेका थिए।
ललितपुर प्रहरीका अनुसार उनी शनिबार साँझै कारागार फर्किसकेका छन्।