Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्


सारांश

रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्।

उनले “आइक्विट” लेख्दै पार्टी छोडेको जानकारी दिएकी हुन्।

लामो समयदेखि असन्तुष्ट रहिआएकी श्रेष्ठले पार्टी नेतृत्वप्रति गम्भीर आपत्ति जनाउँदै भनिन्, “कहिल्यै गल्ती नस्विकार्ने, गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ सबैले बोकिदिनु पर्ने। आलोचना गर्नेहरूलाई मिडिया ट्रायल गर्ने। देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राखेपछि म लगातार विरोध गर्दै आएको हुँ तर फरक परेन।”

श्रेष्ठ केही महिना अघि रास्वपाको सहमहामन्त्री पद छोडेकी थिइन्। उनी निवर्तमान सांसद पनि हुन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij