Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

खनाल, घिसिङ र अर्याल मन्त्री बन्दै : आज शपथ


सारांश

खनाल, घिसिङ र अर्याल मन्त्री बन्दै : आज शपथ
images

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्।

आइतबार साँझ नियुक्त भएका ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङले शपथ लिन लागेका हुन्।

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै अर्याललाई गृह तथा कानुन मन्त्रालय, खनाललाई अर्थ मन्त्रालय र घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व दिएकी छन्।

घिसिङले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पनि पाउने भएका छन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij