Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

पेरिसडाँडा पुगे प्रचण्ड


सारांश

पेरिसडाँडा पुगे प्रचण्ड
images

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगलागी र तोडफोड भएको पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरेका छन् ।

मंगलबार पेरिसडाँडामा उपस्थित भई अध्यक्ष प्रचण्डले पार्टी कार्यालयको अनुगमन गरेका हुन् ।

अवलोकनपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले पार्टीका देश तथा विदेशमा रहेका सदस्यहरुको सहयोगमा अब छिट्टै नयाँ भवन बनाउने बताए।

साथै उनले माइन्युटहरु, केही कम्प्युटर र लाइबेरीहरु बचेको बताउँदै त्यो बचाउन भूमिका खेल्नेहरुरूलाई धन्यवाद दिए ।

उनले भने, ‘पार्टी कार्यालयमा ठूलो क्षति भएको देख्यौँ । पार्टीको माइन्युटहरु, केही कम्प्युटर र लाइबेरी पनि बचेको रहेछ । त्यो बचाउन भूमिका खेल्ने साथीहरूलाई धन्यवाद दिन्छु । अहिले सफाइ कार्यक्रममा  युवाहरु सहभागी हुनुभएको छ । दुई दिनमै सफाइलाई एक स्तरमा पुर्याइसक्नुभएको रहेछ ।  अब पार्टीको नयाँ कार्यालय भवनका लागि सिङ्गो पार्टीपंक्ति, देश भित्र र बाहिरको साथीहरुको सहयोगमा बनाइने छ ।’

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij