Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

जेनजी नेता सुधन गुरुङलाई पछ्याइयो? आफैंले सुनाए भयावह घटना!


सारांश

जेनजी नेता सुधन गुरुङलाई पछ्याइयो? आफैंले सुनाए भयावह घटना!
images

काठमाडौं । जेनजी आन्दोलनबाट चर्चामा आएका सुधन गुरुङले आफूलाई अज्ञात व्यक्तिहरुले लखेटेको दाबी गरेका छन् ।

इन्स्टाग्राममार्फत सार्वजनिक गरेको भिडियोमा उनले मोटरसाइकल र गाडीले पछ्याइरहेको दाबी गर्दै आफ्नो अनुभव सुनाएका छन् ।

भिडिओमा गुरुङले भनेका छन्, “होन्डा साइन आएको छ, नम्बर देख्न पाइएन । अघि पल्सर थियो, गाडी पनि बीचबीचमा थियो । मलाई केही भयो भने तिमीहरु अघि बढ्नुपर्छ है केटाकेटी हो ।”

उनले आन्दोलनकारीहरुलाई लक्षित गर्दै “झोलेहरुले प्रचारबाजी गरिरहेका छन्, तर तिमीहरुले फाइट गर्नै पर्छ, लड्न पनि आफैं पर्छ । सबै जना उठेर फुल्ली युनाइटेड ग्रुप बन्नुपर्छ । उनीहरु हामीलाई विभाजन गरेर राज गर्न चाहन्छन्, तर हामीले यो हुन दिनु हुँदैन,” भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij