Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

सैनिक ब्यारेकबाट बाहिरिए ओली, बालकोटको घर जलेपछि गुण्डु सरे


सारांश

सैनिक ब्यारेकबाट बाहिरिए ओली, बालकोटको घर जलेपछि गुण्डु सरे
images

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरिएका छन् ।

जेनजी आन्दोलनका क्रममा नेपाली सेनाले सुरक्षा कारण नियन्त्रणमा लिएर २४ भदौदेखि ब्यारेकमा राखेका ओली भक्तपुरको गुण्डुमा सरेका हुन् ।

ओलीका लागि त्यहाँ भाडाको घर लिइएको एमाले नेताहरूले बताएका छन् । यसअघि बालकोटस्थित ओलीको निजी आवास प्रदर्शनकारीले जलाइदिएका कारण उनी गुण्डु सरेका हुन् ।

ओलीलाई सार्वजनिक कार्यक्रममा प्रस्तुत गर्ने तयारी भएको र यसको पहल एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले गरेको सुरक्षा स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij