Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

विदेशमा रहेका नेपालीलाई भोट हाल्ने व्यवस्था हुन्छ : गृहमन्त्री


सारांश

विदेशमा रहेका नेपालीलाई भोट हाल्ने व्यवस्था हुन्छ : गृहमन्त्री
images

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानको अवसर दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा उनले सर्वोच्च अदालतको आदेशअनुसार यसपटक समानुपातिक प्रणालीमार्फत भए पनि विदेशमा रहेका नेपालीलाई भोट हाल्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

अर्यालले प्रविधिको प्रयोगमार्फत नेपालीलाई राजनीतिको मूलधारमा ल्याउनुपर्नेमा जोड दिंदै, आवश्यक प्रावधान बनाउन आयोगलाई आग्रह गरे । उनले मतदाता नामावली संकलनका लागि अध्यादेश ल्याइने र “नो भोट” सम्बन्धी सुझाव पनि आयोगले दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij