Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

देउवाको टाउकोमा लगाइयो १२ टाँका


सारांश

देउवाको टाउकोमा लगाइयो १२ टाँका
images

काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको टाउकोमा १२ टाँका लगाइएको जनाएको छ।

कार्यसम्पादन समितिको बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले देउवा दम्पतीको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिए। उनका अनुसार देउवाको गर्धनभन्दा माथि टाउकोमा गम्भीर चोट लागेर टाँका लगाइएको हो भने गर्धनमा सामान्य चोट छ।

हाल देउवा सामान्य बोलचाल, हिँडडुल र नेताहरूसँग संवाद गर्न सक्ने अवस्थामा पुगेका छन्। उपचार अझै अस्पतालमै जारी राखिएको र भीडभाड कम गर्नका लागि केही दिन त्यहीँ राख्ने तयारी रहेको कांग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij