Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

संविधान दिवसको चियापानमा पुराना दलका नेतादेखि जेनजी अगुवासम्म


सारांश

संविधान दिवसको चियापानमा पुराना दलका नेतादेखि जेनजी अगुवासम्म
images

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पुराना नेतादेखि जेनजी अगुवासम्मको उपस्थिती देखियो।

कार्यक्रममा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र उनका तत्कालीन मन्त्रीहरू, पूर्वराष्ट्रपति रामवरण यादव र विद्या भण्डारी, हालका मन्त्री तथा विभिन्न दलका शीर्ष नेताहरू सहभागी भए।

गृहमन्त्री ओमप्रकाश अर्याल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाल, कांग्रेस नेता मिनेन्द्र रिजाल, रास्वपाका शिशिर खनाललगायत नेताहरू राष्ट्रपतिको निम्तो मान्न पुगेका थिए।

यसैगरी, जेनजी आन्दोलनका अगुवा दाबी गर्दै आएका सुधन गुरुङ पनि कार्यक्रममा सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij