Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

देउवाले पदाधिकारी बैठक बोलाए, एजेन्डा र पछिल्ला घटनाक्रममा छलफल हुने


सारांश

देउवाले पदाधिकारी बैठक बोलाए, एजेन्डा र पछिल्ला घटनाक्रममा छलफल हुने
images
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरूको बैठक बोलाएका छन्। बैठक बिहीबार दिउँसो १ बजे बस्ने तय गरिएको छ।
 
कांग्रेस केन्द्रीय कार्यालयका अनुसार बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने विषयमा छलफल हुनेछ।
 
मुख्य सचिव कृष्णप्रसाद पौडेलले पनि बैठक बिहीबार दिउँसो १ बजे बस्ने पुष्टि गरेका छन्।
 
पार्टीभित्र हाल जारी राजनीतिक समीकरण, आगामी संगठनात्मक तयारी र प्रदेश स्तरका संरचना सुदृढीकरणबारे समेत बैठकमा विमर्श हुने बताइएको छ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # शेरबहादुर देउवा
  • प्रतिक्रिया दिनुहोस
    © copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij