Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

यस्तो बन्यो अनमोल र आनाको ‘जेरी २’को थिम पोस्टर


सारांश

यस्तो बन्यो अनमोल र आनाको ‘जेरी २’को थिम पोस्टर
images

काठमाडौं । अभिनेता अनमोल केसी र आना शर्माकोे मुख्य भूमिका रहने सिनेमा ‘जेरी २’ को थिम पोस्टर सार्वजनिक गरिएको छ । 

 ८ वर्षअघि निर्माण भएको सुपरहिट सिनेमा ‘जेरी’को सिक्वेलको रुपमा यो सिनेमा निर्माण हुँदैछ । 

‘जेरी अन टप’लाई सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्नेछन । हेमराज बिसीको निर्देशनमा निर्माण हुने सिनेमाको कथा, पटककथा तथा संवाद निर्देशक बिसी र विश्वास तिमसिनाले लेखेका हुन् । ‘जेरी अन टप’लाई सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्नेछन । 

फागुन अन्तिम साताबाट फ्लोरमा जाने सिनेमाको छायांकन अस्ट्रेलिया, अमेरिका र सगरमाथा क्षेत्रलगायतका रमणीय स्थानमा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij