सारांश
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन्।
प्रतिष्ठानको नवौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला शर्माको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष बनेका हुन्। अध्यक्ष बन्ने निश्चित भएपछि उनले मध्यरातमा मनोनयन दर्ता गराएका थिए।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा दीपक केसी र महासचिवमा शिव हमाल पनि निर्विरोध चयन भएका छन्।
वरिष्ठ उपाध्यक्षका आकांक्षी रामजी खाँडले उम्मेदवारी नदिएपछि केसीका लागि नेतृत्वमा पुग्ने बाटो खुलेको हो।
प्रतिष्ठानको नवौँ महाधिवेशन महोत्तरीको बर्दिवासमा जारी छ। महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दैछ।