Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘बाटुलो जून’को टिजर सार्वजनिक


सारांश

‘बाटुलो जून’को टिजर सार्वजनिक
images

काठमाडौं । भुवन केसीको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘बाटुलो जून’को टिजर सार्वजनिक भएको छ।

टिजरमा अनमोल केसीलाई यसअघिका चलचित्रभन्दा फरक भूमिकामा देखाइएको छ। उनको लुक्स र अभिनयमा युवा अवस्थाका भुवन केसीको झल्को देखिन्छ। अनमोल र प्रिन्सीको जोडी तथा केमेस्ट्रीलाई टिजरको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको छ।

दशकौँ पुरानो गाउँले परिवेशमा आधारित चलचित्रले प्रेम र वियोगको कथा प्रस्तुत गर्ने संकेत टिजरले दिएको छ। छायाँकन र पृष्ठभूमि संगीतले पनि चलचित्रको माहोललाई थप प्रभावशाली बनाएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij