सारांश
काठमाडौं । बलिउडका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ।
गोवास्थित निवासमा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। चिकित्सकले बिहीबार बिहान ५ः२० बजे उनलाई मृत घोषणा गरेका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार पाटेकरले राति असहज महसुस भएको भन्दै साथीलाई जानकारी गराएका थिए। पछि उनको अवस्था गम्भीर भएपछि उद्धार गरी अस्पताल पुर्याइएको थियो। चिकित्सकको टोलीले करिब ४५ मिनेटसम्म सीपीआरसहितको प्रयास गरे पनि उनलाई बचाउन सकेन।
चार दशकभन्दा लामो अभिनय यात्रामा पाटेकरले हिन्दी र मराठी चलचित्रमा प्रभावशाली अभिनय गरेका थिए। ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘अब तक छप्पन’, ‘वेलकम’ लगायतका चलचित्रबाट उनले दर्शकमाझ अलग पहिचान बनाएका थिए।
उनले अभिनयतर्फ तीन राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका थिए। भारतीय चलचित्रमा पुर्याएको योगदानका लागि सन् २०१३ मा उनलाई पद्मश्रीबाट समेत सम्मान गरिएको थियो।