सारांश
काठमाडौं । अग्रणी डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा अग्रसर कम्पनी डिशहोम ले नेपालको चर्चित र लोकप्रिय रेस्टुरेन्ट ब्रान्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ। यस सहकार्य अन्तर्गत, डिशहोमले हालै सुरु गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब डल्लेका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट पाउनेछन्।
यस साझेदारीको माध्यमबाट डिशहोमका सक्रिय ग्राहकहरूले निम्न सुविधा प्राप्त गर्न सक्नेछन् —
• डल्ले रेस्टुरेन्टका सबै आउटलेटहरूमा १०% छुट।
यो छुट प्राप्त गर्न ग्राहकहरूले My DishHome एप मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ।
My DishHome एप Google Play Store बाट डाउनलोड गर्नुहोस्।
दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी एपमा लगइन गर्नुहोस्।
होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको Privilege Card आइकनमा क्लिक गर्नुहोस्।
डल्लेमा कार्ड देखाएर छुट प्राप्त गर्नुहोस्।
यस सहकार्यलाई औपचारिकता दिने क्रममा डल्लेका म्यानेजिङ डाइरेक्टर आलोक योन्जोन र डिशहोमका डेपुटी चिफ प्रोडक्ट अफिसर आदित्य भट्टराई बीच एमओयूमा हस्ताक्षर गरिएको छ।
‘डल्ले’ नेपाली खानाको क्षेत्रमा एक स्थापित नाम हो, जसले परम्परागत स्वादलाई आधुनिक प्रस्तुतीसहित ग्राहकहरूमाझ पुर्याइरहेको छ। शान्त वातावरण, उत्कृष्ट सेवा र स्वादिष्ट भोजनका लागि परिचित ‘डल्ले’ ले हाल देशभरि आफ्ना शाखा विस्तार गरिसकेको छ।
यो साझेदारी केवल इन्टरनेट वा टेलिभिजन सेवामा सीमित नभई, ग्राहकहरूको जीवनशैलीमा सुविधा र थप बचत प्रदान गर्ने डिशहोमको प्रतिबद्धताको भाग हो।
कम्पनीले भविष्यमा पनि यस्ता सहकार्यहरू गर्दै आफ्ना ग्राहकहरूलाई अझ धेरै मूल्यवान सुविधा र अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ।