Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

सिरहामा कार, हाइस, मोटरसाइकल र विङर एकआपसमा ठोकिँदा १० जना घाइते


सारांश

सिरहामा कार, हाइस, मोटरसाइकल र विङर एकआपसमा ठोकिँदा १० जना घाइते
images

सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित मैनावती खोला नजिक कार, हाइस, मोटरसाइकल  र विङर आपसमा ठोकिँदा दस जना भन्दा बढी यात्रु घाइते भएका छन् ।

घाइतेहरूमध्ये अधिकांशको उपचार गोलबजारका विभिन्न स्थानीय अस्पताल तथा क्लिनिकहरूमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको नाम–थर तथा विस्तृत विवरण संकलन भइरहेको छ । घाइतेको संख्या पनि थप यकिन गर्ने कार्य जारी रहेको बताइएको छ ।

दुर्घटनापछि करिब आधा घन्टासम्म राजमार्ग अवरुद्ध बनेको थियो भने प्रहरी र स्थानीयहरुको सहयोगमा हाल सडक सूचारु भइसकेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij