सारांश
काठमाडौं । निर्देशक दिनेश राउतले शीर्षक तय भइनसकेको आगामी फिल्मको शीर्ष कलाकारसँग तस्वीर सार्वजनिक गरेका छन् । निर्देशक राउतले नायिकामा पछिल्लो पुस्तामाझ चर्चित गायिका दीक्षिता कार्कीलाई अनुबन्धित गरेका छन् ।
यसअघि फिल्ममा गायक स्वप्न सुमन अनुबन्धित भएका थिए। फिल्ममा स्वप्न र दिक्षिता जोडीको रूपमा प्रस्तुत हुनेछन्। गीतकार चेतन कार्कीकी छोरी उनी युट्युबलगायत प्लेटफर्ममा इन्डिपेन्डेन्ट गायिकाको रुपमा चर्चित छन् ।
जीवन थापा निर्माता रहेको फिल्मलाई उपकरण क्षेत्रसँग सम्बन्धित कम्पनी मल्टी मेटको ब्यानरमा निर्माण गर्न लागिएको हो ।फिल्मको वैशाखमा छायांकन सुरू हुने बताइएको छ।