Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘आउँदो दुई/तीनवटा चुनावसम्म गठबन्धन रहन्छ’ - देउवा


सारांश

‘आउँदो दुई/तीनवटा चुनावसम्म गठबन्धन रहन्छ’  - देउवा
images

चितवन /  सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले धेरै दु:ख र मिहिनेतपछि वाम-लोकतान्त्रिक गठबन्धन बनेकोले आउँदो समयमा पनि कायमै राख्ने बताएका छन् । भरतपुरमा शनिबार आयोजित चुनावी सभामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदा दुई/तीनवटा चुनावसम्म गठबन्धन रहने बताए ।

 केपी शर्मा ओलीले संविधानलाई खेलौना ठानेको हुँदा यो आवश्यकता रहेको उनको जिकिर थियो । ‘लडाइँ गरेर ल्याएको गणतन्त्र, संघीयता र राष्ट्रिय एकता जोगाउन आवश्यक छ । त्यसको लागि गठबनधन बनेको हो । अझै लामो समय गठबन्धन चाहिन्छ,’ देउवाले भने ।

त्यसैगरी पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनैतिक दुर्घटना र प्रतिगमनको खतरा रहने बेलासम्म गठबनधन कायम राख्ने बताए । उनले आउँदो चुनावबाट गठबन्धनको कम्फर्टेबल बहुमत आउने दाबी गरे ।

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • प्रतिक्रिया दिनुहोस
    © copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij