सारांश
धनगढी / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको चर्को विरोध गरेका छन् । ‘माधव नेपाल त पानीमा भिजाएको खरानीको डल्लो हुन्, यसै चुनावमा सकिन्छन्,’ ओलीले भने, ‘अनेक अपराधहरुको सजाय माधव नेपालले यस चुनावमा पाउँछन् । माधव नेपालको पार्टी रित्तो भाँडो भइसक्यो ।’
अत्तरियाको चुनावी सभामा शनिबार सम्बोधन गर्दै ओलीले यस चुनावबाट प्रचण्डले पनि सजाय पाउने दाबी गरे । माओवादी अध्यक्ष दाहाललाई उनले भने, ‘चोक्टा खान गएको झोलमा डुबेको अब हेर्नु होला । आफ्नो घरमा आगो लगाएर अर्का पालीमा बास बस्न जाने कुबुद्धि गरे । एमाले सिध्याउँछौं भन्नेहरु आफै सिद्धिदै गएका छन् । माधव नेपाल, प्रचण्ड सिद्धिदै गएका छन् ।’