Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘लालीबजार’को अवरोध हट्यो, अब रिलिज ढोका खुला


सारांश

‘लालीबजार’को अवरोध हट्यो, अब रिलिज ढोका खुला
images
काठमाडौं । चलचित्र ‘लालीबजार’लाई लिएर अदालतमा परेको विवादबीच अन्ततः फिल्म प्रदर्शनको बाटो खुलेको छ। उच्च अदालत पाटनले रोशनी नेपालीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेसँगै रोकिएको प्रक्रिया अघि बढ्ने भएको हो।
अदालतको यो निर्णयले तत्कालका लागि फिल्म प्रदर्शन रोक्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ। अर्थात् अन्तिम फैसला नआउँदासम्म ‘लालीबजार’ रिलिज गर्न कुनै कानुनी अवरोध नहुने देखिएको छ।
यसअघि अदालतले १५ गते प्रदर्शन रोक्न आदेश दिएपछि १८ गतेबाट रिलिज गर्ने तयारीमा रहेको फिल्म अन्योलमा परेको थियो। अब भने निर्माण टिमलाई प्रदर्शनको ढोका फेरि खुलेको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij