काठमाडौं । गोकुलप्रसाद बास्कोटा ले संविधान संशोधन गर्ने भए प्रदेश संरचना र जिल्ला समन्वय समिति (जिसस) खारेज गर्नुपर्ने बताएका छन् ।
पूर्वमन्त्री समेत रहेका बास्कोटाले राष्ट्रिय सभा पूर्ण समावेशी बनाउन, प्रतिनिधिसभाबाट समानुपातिक प्रणाली हटाउन र उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने व्यवस्था गर्न सुझाव दिएका हुन् ।
उनले राष्ट्रिय सभालाई १०५ सदस्यीय बनाउन तथा महिला–पुरुष ५०–५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने धारणा राखेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले सत्तारुढ दलहरूले अब संविधान संशोधन गर्ने कि नगर्ने भन्ने स्पष्ट निर्णय लिनुपर्ने प्रश्न पनि उठाएका छन् ।
‘संविधान संशोधन गर्ने हो भने केन्द्र र पालिका मात्रै होस्,’ भन्दै उनले प्रदेश संरचना आवश्यक नभएको संकेत गरेका छन् ।