Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस


सारांश

डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस
images

६ वर्षे कार्यकालसहित मनोज शर्मा प्रधानन्यायाधीश सिफारिस

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले उनको नाम प्रस्ताव गरेको हो ।

नेपालको न्यायिक इतिहासमै पहिलोपटक वरिष्ठतम् न्यायाधीशलाई छाडेर रोलक्रमको चौथो वरीयतामा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएका हुन् । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा शर्मा नेपालको ३३ औं प्रधानन्यायाधीश बन्नेछन् ।

२०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका शर्मा अनुमोदित भए पूर्ण ६ वर्षे कार्यकाल रहनेछ । उनी २०८९ वैशाखसम्म प्रधानन्यायाधीश पदमा रहनेछन् ।

कामू प्रधानन्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठ न्यायाधीश कुमार रेग्मी र हरि फुयाललाई पछि पार्दै संवैधानिक परिषद्ले शर्मालाई अघि सारेको हो ।

पर्सामा २०२७ असार ४ गते जन्मिएका शर्मा २०९२ असार ३ मा ६५ वर्ष पुग्नेछन् । प्रजातन्त्र पुनर्स्थापनापछि कुनै पनि प्रधानन्यायाधीशले पूरा ६ वर्ष कार्यकाल पूरा गर्न सकेका छैनन् ।

नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक तथा भारतको पुने विश्वविद्यालयबाट स्नातकोत्तर गरेका शर्माले श्रम कानुन विषयमा विद्यावारिधि गरेका छन् । उनी पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीश रहिसकेका छन् ।

पछि चोलेन्द्रशमशेर जबरा प्रधानन्यायाधीश रहेका बेला शर्मा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भई संसदीय सुनुवाइबाट अनुमोदित भएका थिए ।

 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij