सारांश
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले कोशी प्रदेशको आगामी मुख्यमन्त्रीका लागि सुदन किराती लाई अघि सार्ने तयारी गरेको छ ।
पार्टी अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत किरातीलाई भावी मुख्यमन्त्रीको रूपमा प्रस्ताव गर्दै सार्वजनिक राय मागेका हुन् । दुई दिनअघि मात्रै औपचारिक रूपमा पार्टी प्रवेश गरेका किरातीलाई लक्षित गर्दै उनले लेखेका छन्, ‘हाम्रा पार्टीबाट श्रमदाता सुदन किरातीज्यूलाई प्रदेश १ को मुख्यमन्त्री बनाउँदा कसो होला ? आफ्नो राय दिनुस् त !’
साम्पाङको उक्त अभिव्यक्तिलाई किरातीलाई आगामी मुख्यमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने संकेतका रूपमा हेरिएको छ ।
यसअघि नै किराती श्रम संस्कृति पार्टीमा मुख्यमन्त्री बनाउने सहमतिसहित प्रवेश गरेको चर्चा राजनीतिक वृत्तमा चलिरहेको थियो ।