काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पहिलो महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा गर्ने निर्णय गरेको छ
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आज बसेको केन्द्रीय समिति बैठकमा पार्टी सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए। तर बैठकले असार ७ देखि ९ गतेसम्म महाधिवेशन आयोजना गर्ने निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी दिए।
महाधिवेशनलगायत विभिन्न विषयमा छलफल गर्न रास्वपाले आज केन्द्रीय समिति बैठक बोलाएको थियो।
यसअघि रास्वपाले प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो।