Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

मन्त्रीहरूको नयाँ कार्यविभाजन हेरफेर, बालेन शाहलाई गृह र रक्षा मन्त्रालयसहित ठूला जिम्मेवारी


सारांश

मन्त्रीहरूको नयाँ कार्यविभाजन हेरफेर, बालेन शाहलाई गृह र रक्षा मन्त्रालयसहित ठूला जिम्मेवारी
images

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका मन्त्रीहरूको नयाँ कार्यविभाजनअनुसार जिम्मेवारी तोकेका छन् ।

संविधानको धारा ७६ को उपधारा ९ बमोजिम गठन भएको मन्त्रिपरिषद्मा प्रधानमन्त्री बालेन शाहको सिफारिसमा मन्त्रीहरूको नियुक्ति, हेरफेर तथा कार्यविभाजन गरिएको हो ।

नयाँ कार्यविभाजनअनुसार प्रधानमन्त्री बालेन शाहले रक्षा, गृह तथा विज्ञान, प्रविधि एवं नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

त्यस्तै अर्थ मन्त्रालयको जिम्मेवारी डा. स्वर्णिम वाग्लेलाई दिइएको छ भने परराष्ट्र मन्त्रालय शिशिर खनालले सम्हाल्ने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिइएको छ भने पूर्वाधार विकास मन्त्रालय सुनिल लम्सालको भागमा परेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सोविता गौतमलाई, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय सीता बादीलाई दिइएको छ ।

यस्तै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रतिभा रावलले सम्हाल्ने भएकी छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय निशा मेहतालाई, शिक्षा तथा खेलकुद मन्त्रालय सस्मित पोखरेललाई तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय खडकराज पौडेललाई दिइएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी डा. विक्रम तिमिल्सिनाले पाएका छन् भने कृषि, वन तथा वातावरण मन्त्रालय गीता चौधरीलाई दिइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गौरी कुमारीले सम्हाल्ने भएकी छन् भने युवा, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी रामजी यादवलाई प्रदान गरिएको छ ।

 
 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij