Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

राप्रपालाई लाग्यो महाधिवेशन, कार्यतालिका बनाउन तीन सदस्यीय समिति गठन


सारांश

राप्रपालाई लाग्यो महाधिवेशन, कार्यतालिका बनाउन तीन सदस्यीय समिति गठन
images

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ले पार्टीको आगामी महाधिवेशनलाई लक्षित गर्दै कार्यतालिका निर्माणका लागि तीन सदस्यीय समिति गठन गरेको छ ।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री धवल शम्शेर राणा तथा सह–महामन्त्री प्रकाश रिमाल सम्मिलित समिति बनाउने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन ले समितिलाई आगामी केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्ने गरी महाधिवेशनको विस्तृत कार्यतालिका तयार पार्ने जिम्मेवारी दिइएको जानकारी दिए ।

बैठकले जेठ २८ र २९ गते काठमाडौंमा केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आयोजना गर्ने निर्णय पनि गरेको छ । उक्त बैठकमा महाधिवेशनको तयारी, समसामयिक राजनीतिक अवस्था तथा हालै सम्पन्न निर्वाचनको समीक्षा गरिने जनाइएको छ ।

यसअघि सातै प्रदेशमा सम्पन्न समीक्षा बैठकबाट प्राप्त सुझावहरू सचिवालय महामन्त्री राजेन्द्र गुरुङ ले प्रस्तुत गरेका थिए । बैठकमा ती सुझावमाथि समेत विस्तृत छलफल भएको राप्रपाले जनाएको छ ।

निर्वाचनका कारण रोकिएका स्थानीय तथा जिल्ला अधिवेशनहरूलाई पनि निरन्तरता दिने निर्णय गरिएको अध्यक्ष लिङ्देनले बताए । उनका अनुसार पार्टी अब संगठन सुदृढीकरणसँगै महाधिवेशन तयारीमा केन्द्रित हुनेछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij