Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

मुद्दामा बहस वा फैसला गरेको दिन सोसल मिडिया नहेर्नु : न्यायाधीश पोखरेल


सारांश

मुद्दामा बहस वा फैसला गरेको दिन सोसल मिडिया नहेर्नु : न्यायाधीश पोखरेल
images

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा बहस वा फैसला गरेपछि न्यायाधीश तथा कानून व्यवसायीहरूले त्यस दिन सामाजिक सञ्जाल नहेर्न सुझाव दिएका छन्।

काठमाडौँमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक कार्यक्रममा बोल्दै उनले सार्वजनिक मुद्दापछि आउने सामाजिक सञ्जालका प्रतिक्रिया—प्रशंसा होस् वा आलोचना—ले व्यक्तिको मानसिक सन्तुलनमा असर पार्न सक्ने बताए। उनका अनुसार प्रशंसाले अत्यधिक आत्मविश्वास र अहंकार बढाउन सक्छ भने आलोचनाले नकारात्मक सोच र आत्मग्लानि सिर्जना गर्न सक्छ।

त्यसैले त्यस्तो संवेदनशील दिनमा फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जाल वा अनलाइन टिप्पणीहरू नहेर्नु उपयुक्त हुने उनको सुझाव छ। उनका अनुसार यसले मानसिक रूपमा सन्तुलित रहन र भोलिपल्ट सामान्य ढंगले काम गर्न सहयोग गर्छ।

 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij