Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश


सारांश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
images

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा दम्पतीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले देउवाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको हो ।

सर्वोच्चले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा हेर्ने अधिकार विशेष अदालतमा रहने भन्दै काठमाडौं जिल्ला अदालतबाट जारी पक्राउ पुर्जी स्वतः निष्क्रिय हुने ठहर गरेको छ ।

हाल उपचारका क्रममा विदेशमा रहेका देउवाले आफू अनुसन्धानमा सहयोग गर्न र सम्पत्तिको स्रोत देखाउन तयार रहेको बताएका छन् ।

यसअघि सरकारले देउवाविरुद्ध इन्टरपोल मार्फत रेडकर्नर नोटिस जारी गर्ने तयारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij