Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सरकारका प्रवक्ता भन्छन्– प्रधानमन्त्री बोल्नपर्ने ठाउँमा बोल्नुहुन्छ


सारांश

सरकारका प्रवक्ता भन्छन्– प्रधानमन्त्री बोल्नपर्ने ठाउँमा बोल्नुहुन्छ
images
काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेल ले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री बालेन शाह ले सम्बोधन नगर्ने विषयमा स्पष्टीकरण दिएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री आवश्यक परेको स्थानमा बोल्ने बताएका हुन् ।
एक सञ्चारकर्मीले “गणतन्त्र दिवसमा प्रधानमन्त्री किन बोल्नुहुन्न ?” भन्ने प्रश्न गरेपछि प्रवक्ता पोखरेलले जवाफ दिए, “आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले बोल्नुपर्ने ठाउँमा बोल्नुहुन्छ ।”
हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेल मा विशेष समारोह आयोजना हुने गर्दछ । कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने परम्परा छ । उक्त समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij