Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

संसद्‌मा हंगामा : केरुङलाई सम्हालिन् बासनाले


सारांश

संसद्‌मा हंगामा : केरुङलाई सम्हालिन् बासनाले
images

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा पर्यटन विधेयक २०८२ माथिको सैद्धान्तिक छलफलका क्रममा बुधबार संसद्‌मा तनावपूर्ण अवस्था सिर्जना भयो। विपक्षी दलहरूको नाराबाजी र अवरोधकै बीच सभामुख डीपी अर्यालले बैठक सञ्चालन अघि बढाएपछि सदनको वातावरण थप तातेको हो।

प्रधानमन्त्री बालेन शाह सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले लगातार विरोध जनाइरहेका थिए। यहीबीच जगदीश खरेलले विपक्षी दलमाथि आरोप लगाउँदै अभिव्यक्ति दिएपछि संसद्‌मा चर्काचर्की भएको थियो।

खरेलले विपक्षीको प्रदर्शनलाई “तमासा” को संज्ञा दिएपछि नरेन्द्र कुमार केरुङ आक्रोशित बनेका थिए। आवेशमा आएका केरुङले पाखुरा सुर्किन थालेपछि कांग्रेस प्रमुख सचेतक बासना थापाले हस्तक्षेप गर्दै उनलाई शान्त पार्ने प्रयास गरेकी थिइन्।

विपक्षी दलहरूको नाराबाजीकै बीच रास्वपाका सांसद खरेल रोष्ट्रममा पुगेर मन्तव्य राखेका थिए। त्यसपछि संसद्‌को वातावरण थप तनावग्रस्त बनेको थियो।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij