काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने गरी राष्ट्रसेवक कर्मचारीहरूको तलबमानमा वृद्धि गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै लामो समयदेखि संशोधन नभएको तलब संरचनामा समायोजन गरिएको जानकारी दिए ।
बजेटअनुसार कर्मचारीहरूको सुरु स्केलमा १० प्रतिशतले वृद्धि गरिनेछ भने कार्यसम्पादनलाई प्रोत्साहन गर्न थप १० प्रतिशत मासिक भत्ताको व्यवस्था गरिनेछ ।
अर्थमन्त्री वाग्लेले बढ्दो महँगी (१७.३ प्रतिशत) लाई ध्यानमा राख्दै कर्मचारीहरूको जीवनयापन सहज बनाउन तलब वृद्धि गरिएको बताए ।
यो नयाँ तलब संरचना आगामी साउन १ गतेदेखि लागू हुने छ । समग्रमा नयाँ व्यवस्थापछि कर्मचारीहरूको पारिश्रमिक करिब २१ प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ ।