Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सदनमा हंगामा : सत्तापक्ष र प्रतिपक्षबीच चर्काचर्की


सारांश

सदनमा हंगामा : सत्तापक्ष र प्रतिपक्षबीच चर्काचर्की
images

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनलाई लिएर सत्ता पक्ष र प्रतिपक्षी सांसदहरूबीच विवाद चर्किएको छ।

प्रधानमन्त्री शाहले सदनलाई सम्बोधन गरेपछि विपक्षी सांसदहरूले प्रक्रिया र नियमको विषय उठाउँदै आपत्ति जनाएका थिए। उनीहरूले सभामुख डोलप्रसाद अर्यालले संसदीय नियमावलीको गलत व्याख्या गरेको आरोप लगाउँदै विरोध गरेका हुन्।

विपक्षी सांसदहरूको विरोध बढेपछि सभामुख अर्यालले सदनको गरिमा कायम राख्न सबै सांसदलाई संयमित हुन आग्रह गरेका थिए। तर त्यसक्रममा केही समय संसद्को वातावरण तनावपूर्ण बनेको थियो।

विवादकै बीच सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ आक्रोशित हुँदै आफ्नो बेञ्चबाट उठेकी थिइन्। उनलाई सोही दलका अन्य सांसदहरूले सम्झाइबुझाइ गर्दै शान्त पारेका थिए।

प्रधानमन्त्रीको सम्बोधनलाई केन्द्र बनाएर भएको भनाभनका कारण केहीबेर सदनमा हंगामाको अवस्था सिर्जना भएको थियो।

 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij