Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

साम्राज्ञी र कर्म 'नांगो गाउँ' मा


सारांश

साम्राज्ञी र कर्म 'नांगो गाउँ' मा
images

काठमाडौं । चलचित्र 'नांगो गाउँ' मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक कर्म अनुबन्धित भएका छन्।

साम्राज्ञी र कर्मले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन्। यसअघि फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अनुबन्धित भइसकेका छन्। साम्राज्ञी र कर्म अनुबन्धित भएसँगै कलाकारको लाइनअप पुरा भएको छ।

निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको चलचित्रमा शिशिर वाङ्देल, रविन्द्र झा, बुद्धि तामाङ लगायत कलाकारको अभिनय रहनेछ।

हिमाल शर्माको लगानीमा निर्माण हुन लागेको फिल्मको छायांकन फागुनको अन्तिम साताबाट सुरु हुनेछ। 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij