Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

अमेरिका–इरान शान्ति सम्झौताको हस्ताक्षर स्थगित, वार्ता ६० दिने प्राविधिक चरणमा


सारांश

अमेरिका–इरान शान्ति सम्झौताको हस्ताक्षर स्थगित, वार्ता ६० दिने प्राविधिक चरणमा
images

काठमाडौं । अमेरिका र इरानबीच हुने भनिएको शान्ति सम्झौताको औपचारिक हस्ताक्षर समारोह अन्तिम समयमा स्थगित गरिएको छ। स्विट्जरल्यान्डमा आयोजना हुने तय भएको उच्चस्तरीय कार्यक्रम रद्द भएपछि शान्ति प्रक्रिया अब प्राविधिक तथा कानुनी वार्ताको नयाँ चरणमा प्रवेश गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सम्झौताका जटिल प्राविधिक पक्ष र कार्यान्वयनका विषयमा थप सहमति जुटाउन आगामी ६० दिनसम्म विभिन्न चरणमा वार्ता सञ्चालन गरिनेछ। यसका लागि अमेरिका, इरान, कतार र पाकिस्तानका प्रतिनिधिमण्डलहरू स्विट्जरल्यान्डमा सक्रिय छन्।

कूटनीतिक समीकरणमा आएको यो परिवर्तनसँगै पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले आफ्नो तय भएको स्विट्जरल्यान्ड भ्रमण रद्द गरेका छन्। पाकिस्तानले भने इरानको पुनर्निर्माण, स्थायित्व र शान्ति प्रक्रियामा सहयोग जारी राख्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

यसैबीच, पाकिस्तान र इरानका शीर्ष नेतृत्वबीच निकट भविष्यमा एकअर्काको राजधानी भ्रमण गर्ने समझदारी बनेको बताइएको छ। क्षेत्रीय स्थायित्व र संवाद प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्दै आएको दाबी गर्ने पाकिस्तानले यस घटनाक्रमलाई आफ्नो कूटनीतिक प्रभाव विस्तारसँग जोडेर हेरेको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij