काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल सोमबार साँझ सुर्खेतबाट पक्राउ परेका छन्। उनी सुर्खेतस्थित शुभ होटेलमा आयोजित पार्टीको निर्वाचन समीक्षा तथा संगठन पुनर्गठनसम्बन्धी कार्यक्रममा सहभागी भइरहेका बेला जिल्ला प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।