Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित


सारांश

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट उनी पुनः सभापति चयन भएका हुन् ।

सभापति पदका लागि लामिछानेको मात्रै उम्मेदवारी परेपछि निर्वाचन आयोगले उनलाई निर्विरोध निर्वाचित घोषणा गरेको हो ।

महाधिवेशनअन्तर्गत मंगलबार सम्पन्न बन्दसत्रमा लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन प्रतिनिधिहरूले पारित गरेका थिए । त्यसलगत्तै उनले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका थिए ।

लामिछानेको उम्मेदवारीमा प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रस्तावक बनेका थिए । सभापति पदमा अन्य कुनै उम्मेदवारी नपरेपछि उनको निर्विरोध चयन सुनिश्चित भएको थियो ।

रास्वपाको पहिलो महाधिवेशनबाट नयाँ केन्द्रीय समिति र पदाधिकारी चयन गर्ने कार्यतालिका रहेको छ । सभापतिमा लामिछाने निर्विरोध भएपछि अब केन्द्रीय सदस्य तथा अन्य पदाधिकारीहरूको निर्वाचनतर्फ पार्टीको ध्यान केन्द्रित भएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij