Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

रास्वपा केन्द्रीय सदस्यको मतदान सम्पन्न


सारांश

रास्वपा केन्द्रीय सदस्यको मतदान सम्पन्न
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ । 

निर्वाचन समितिका अनुसार मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । नेता गणेश पराजुलीले करिब ६० प्रतिशत प्रतिनिधिले मताधिकार प्रयोग गरेको प्रारम्भिक अनुमान रहेको जानकारी दिए ।

रास्वपाले महाधिवेशनअन्तर्गत पहिलो चरणमा केन्द्रीय सदस्यहरूको निर्वाचन गराएको हो । मतगणनाको तयारी भइरहेको र मतदान सकिएको करिब दुई घण्टाभित्र प्रारम्भिक नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

गत असार ७ गतेदेखि जारी महाधिवेशनमा पार्टी सभापति पदमा रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । पार्टी विधानअनुसार रास्वपाको केन्द्रीय समिति १५८ सदस्यीय हुनेछ । तीमध्ये ९९ जना निर्वाचनबाट चयन हुनेछन् भने ५१ जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ ।

यस्तै, सातवटै प्रदेशका प्रदेश सभापति स्वतः केन्द्रीय सदस्य रहने प्रावधान छ । केन्द्रीय सदस्यको निर्वाचनपछि पार्टी पदाधिकारी चयनको प्रक्रिया अगाडि बढाइने निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij