Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित


सारांश

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
images
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट अर्थमन्त्री स्वर्णिम वाग्ले उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्।

चितवनमा जारी महाधिवेशनमा खुलातर्फ उपसभापति पदमा वाग्लेविरुद्ध कुनै उम्मेदवारी कायम नरहेपछि निर्वाचन आयोगले शुक्रबार बिहान उनलाई निर्विरोध निर्वाचित घोषणा गरेको हो।

उपसभापतिका अर्का आकांक्षी विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि वाग्ले सर्वसम्मत बनेका हुन्। श्रेष्ठले उम्मेदवारी फिर्ता लिएसँगै वाग्लेकै प्रस्तावकको भूमिका पनि निर्वाह गरेका थिए।

यसअघि वाग्ले खुला केन्द्रीय सदस्यतर्फ सर्वाधिक २,६०७ मतसहित निर्वाचित भएका थिए। रास्वपाको विधानअनुसार सभापति र वरिष्ठ नेता बाहेकका पदाधिकारी बन्न पहिले केन्द्रीय सदस्य निर्वाचित हुनुपर्ने व्यवस्था छ।

यसअघि पार्टी सभापतिमा रवि लामिछाने पनि निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij