Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

रास्वपा महाधिवेशन : महामन्त्री पदका लागि अब मनिष झासहित ५ उम्मेदवार मैदानमा


सारांश

रास्वपा महाधिवेशन : महामन्त्री पदका लागि अब मनिष झासहित ५ उम्मेदवार मैदानमा
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको प्रतिस्पर्धा अन्तिम चरणमा पुगेसँगै चुनावी समीकरण पनि फेरिएको छ। उम्मेदवारी फिर्ताको प्रक्रियापछि अब महामन्त्री पदका लागि ५ जना उम्मेदवार मात्रै चुनावी मैदानमा रहेका छन्।

सुरुआतमा एक पदका लागि १० जनाले उम्मेदवारी दिएका थिए। त्यसपछि जगदीश खरेल र कविन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएपछि प्रतिस्पर्धामा ८ जना बाँकी रहेका थिए।

निर्वाचन आयोगले अन्तिम उम्मेदवारहरूको सूची सार्वजनिक गरेलगत्तै प्रमोद न्यौपाने, राजुनाथ पाण्डे र गणेश पराजुलीले पनि उम्मेदवारी फिर्ता लिएपछि प्रतिस्पर्धा थप संकुचित भएको हो।

अब रास्वपाको महामन्त्री पदका लागि मनिष झा, रन्जु दर्शना, गणेश कार्की, सागर ढकाल र विपिनकुमार आचार्यबीच प्रत्यक्ष चुनावी प्रतिस्पर्धा हुने भएको छ। पाँच उम्मेदवारबीच हुने यो भिडन्तलाई महाधिवेशनकै सबैभन्दा चासोका साथ हेरिएको प्रतिस्पर्धामध्ये एक मानिएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij