Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

रास्वपा महामन्त्रीमा कडा भिडन्त : को बन्ला विजेता?


सारांश

रास्वपा महामन्त्रीमा कडा भिडन्त : को बन्ला विजेता?
images
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ। चितवनमा जारी महाधिवेशनमा दोस्रो चरणको निर्वाचनमार्फत उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।

यसअघि पार्टी सभापतिमा रवि लामिछाने र खुला पुरुषतर्फ उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्। महिला उपसभापति पदका लागि भने सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा भइरहेको छ।

महामन्त्री पदका लागि विपीन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल चुनावी मैदानमा छन्। त्यस्तै खुला पुरुष सहमहामन्त्री पदका लागि असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्तबीच प्रतिस्पर्धा हुँदैछ।

महिला सहमहामन्त्री पदमा विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी, रिमा विश्वकर्मालगायत उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij